काठमाडाैं उपत्यकामा बिहीबार पाँच जनामा काेराेना

काठमाडौं । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार भएकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका २, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना र वीर अस्पतालमा १ गरी ५ जना संक्रमित भएका हुन् ।

Published : Friday, 2020 July 10, 12:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया