वीपीको ३८औँ स्मृति दिवस सामान्य रुपमा मनाइने, कोरोनाले प्रभावित

काठमाडौं । वीपी विचार राष्ट्रिय समाजले वीपी कोइरालाको ३८औँ स्मृति दिवस सामान्य कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ ।

काठमाडौंमा बिहीबार बसेको समाजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वीपी कोइरालाको स्मृति दिवसमा विगतमा जस्तो भव्य रुपमा नमनाउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण यस पटक वीपी कोइरालाको स्मृति दिवसलाई सामान्य रुपमा मनाउने निर्णय भएको सभापति केबी गुरुङले जानकारी दिएका छन् ।

साउन ६ गते हुन गहिरहेको ३८औँ वीपी स्मृत्ति दिवसका बारेमा कार्यसम्पादन समितिमा छलफल भएको छ ।

३८औँ वीपी स्मृत्ति दिवस दिउँसो १२ बजे सामान्य तरिकाले कोरोनालाई मध्यनजर गर्दै वीपीको फोटोमा माल्यार्पण गर्ने सभापति गुरुङले बताए ।

७७ वटा जिल्लामा ३८औँ वीपी स्मृत्ति दिवस सामान्य तरिकाले मनाउने निर्णय भएको उनले बताए ।

Published : Thursday, 2020 July 9, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया