सिन्धुपाल्चोकमा हराइरहेकाहरूको खोजी र उद्धारमा खटिन तरुणहरूलाई निर्देशन

काठमाडौं । नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले सिन्धुपाल्चोक जिल्लामा बाढी र पहिरोमा परेर हराइरहेकाहरूको खोजी तथा उद्धारमा खटिन तरुणहरूसँग आग्रह गरेका छन् ।

नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामालाई बिहीबार बिहान फोन गरेर उपाध्यक्ष चापागाइँले बाढी र पहिरोका कारण हराइरहेकाहरूको खोजीमा लाग्न निर्देशन दिएका हुन् ।

उनले सिन्धुपाल्चोक जिल्लाको प्रकृतिक विपत्तीबाट भएको क्षतिप्रति चिन्ता जनाएका छन् ।

अध्यक्ष लामाले पनि तरुण साथीहरू उद्धारमा खटिएको बताएका छन् ।

उपाध्यक्ष चापागाइँले उद्धार खटिएका सुरक्षाकर्मीहरूलाई सहयोग गर्न पनि निर्देशन दिएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको जबमुमा बाढी र पहिरोका कारण आठ जना बगाएको छ । दुई जनाको शव भेटिएको छ । दुई जना घाइते फेला परेका छन् ।

Published : Thursday, 2020 July 9, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया