पार्टी हित विपरित कार्य गर्ने मल्लको पद उड्यो, कठोर बन्यो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै निष्काशन गरेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पार्टीका विरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति दिई विधानबमोजिम अनुशासन उल्लंघन गरेकाले मल्ललाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिएका छन् ।

मल्लले कांग्रेसकाे विराेध गर्दै कम्युनिस्टसँग साँठगाँठ गर्ने जस्ता हर्कतहरू गरेका थिए ।

Published : Thursday, 2020 July 9, 6:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया