कांग्रेसले जितेको सुनकोशीमा जनतालाई नक्सा पास र घर भाडामा छुट

सुकुटे । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले ४० करोडको बजेट ल्याएको छ ।

सुनकोशीले सुकुटेमा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै आर्थिक वर्ष ०७७–७८ का लागि ४० करोड ४४ लाख ३९ हजार ३६० रुपैयाँको बजेट ल्याएको हो ।

उपप्रमुख लक्ष्मी पौड्यालले ६ करोड १० लाख चालुतर्फ र पूँजीगततर्फ १ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको बताइन् ।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सार्वजनिक भएको बजेटमा सुनकोशीले कोरोना नियन्त्रणका लागि ५० लाख विनियोजन गरेको छ । सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसले जितेकोा छ । कांग्रेसले यो गाउँपालिकामा धेरै राम्रा कार्यक्रम र काम गर्दै आएको छ ।

वडागत योजनाका लागि तीन करोड ७८ लाख छुट्टयाएको छ । सुनकोशीले विपद व्यवस्थापनमा ५० लाख, कृषिमा आधारित युवा स्वरोजगार कार्यक्रममा ४० लाख, महिला सीप विकास र लघु उद्यममा १० लाख छुट्टयाएको छ ।

सुनकोशीले यो वर्षदेखि घर वहाल कर र घरजग्गा नक्सा पासमा लगाएको कर निःशुल्क गरेको छ ।

कुषिलाई उत्पादनमुखी बनाउन अनुदान, कृषि बीमा, गाउँपालिकालाई दुध, अण्डा र मासुमा आत्मनिर्भर बनाउने कार्यक्रम, रासायनिक मल उन्नत बीउविजनको व्यवस्था जस्ता कार्यक्रम पनि गाउँपालिकाले अघि सारेको छ ।

बालशिक्षालाई प्रोत्साहन गर्न बालबालिकालाई भत्ताको व्यवस्था गरेको छ । सुनकोशीले प्रशासकीय अधिकृत नभएको भन्दै असार १० गते नै नीति तथा कार्यक्रम ल्याएको थिएन ।

नेपाली कांग्रेसका नेता बस्नेतले सुनकोशी गाउँपालिकाले ल्याएको बजेट र कार्यक्रमहरूको प्रशंसा गरेका छन् । उनले जनतालाई केन्द्रमा राखेर ल्याइएको बजेट कार्यान्वयन गर्न शुभकामना दिएका छन् ।

Published : Wednesday, 2020 July 8, 7:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया