सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडाैं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्न निर्देशन दिएका छन् ।

बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सीसीएमसी) मार्फत यसको गृहकार्य गरी प्रस्ताव ल्याउन निर्देशन दिएका हुन् ।

सरकारले स्वास्थ्य मापदण्ड लागू गरेर सार्वजनिक यातायात सञ्चालन गर्न लागेको छ ।

लकडाउन अझै लम्बिने, तर सार्वजनिक यातायात नचल्दा सर्वसाधारण समस्यामा परेपछि सञ्चालन गर्न लागिएको हो ।

ट्याक्सीमा एकजना मात्र यात्रु राख्ने गरी सञ्चालन गर्न दिने तयारीबारे पनि छलफल भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए ।

Published : Tuesday, 2020 July 7, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया