लकडाउनको शुल्क लिने निजी विद्यालयलाई नेविसंघले कारबाही गर्ने

इटहरी । नेपाल विद्यार्थी संघ (नेविसंघ) सुनसरीले निजी विद्यालयले लकडाउनको समयको शुल्क लिए कारबाही गर्ने चेतावनी दिएको छ ।

नेविसंघ सुनसरीले आइतबार विज्ञप्ति जारी गरेर लकडाउनका बेलाको शुल्क लिए निजी विद्यालयहरूलाई कारबाही गर्ने चेतावनी दिएको हो । नेविसंघको धम्कीपछि सुनसरी जिल्लामा अभिभावकहरू खुसी भएका छन् । निजी विद्यालयहरूलाई तनाब भएको छ ।

अनलाइन कक्षा सञ्चालन गरेको बहानामा अभिभावकसँग शुल्क लिने काम अमानवीय र खेदजन्य भएको भन्दै नेविसंघले कारबाही गर्ने बताएको छ ।

कम्युनिस्ट सरकारले लकडाउनको समयमा कुनै पनि नयाँ भर्ना नगर्नु र अनलाइन कक्षाको शुल्क नलिनु भनेर निर्णय गरिसकेको छ ।

यस्तो अवस्थामा केही निजी विद्यालयले शुल्क लिएको समाचार बाहिर आउन थालेपछि नेविसंघ सुनसरीले आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेविसंघ केन्द्रीय कार्यसमितिले यसअघिनै शुल्क लिने कार्य रोक्न चेतावनी दिइसकेको छ ।

लकडाउनको बेलाको शुल्क लिए निजी विद्यालयहरूलाई कडा कारबाही गरिने नेविसंघ सुनसरीका अध्यक्ष मन्दीप भट्टराईले बताएका छन् ।

Published : Tuesday, 2020 July 7, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया