बालुवाटार भ्याउने भीआईपीलाई छुट, पाँच हजार लिने असई पक्राउ

काठमाडौं । सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राम विश्वास राय यादव घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसनधान आयोगको बर्दिवासको टोलीले सेवाग्राहीसँग ५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा प्रहरी चौकी गौरीशंकरमा कार्यरत असई यादवलाई पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।

नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल छाड्ने विषयमा यादवले सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा आयोगको टोलीले उनलाई ईश्वरपुर नगरपालिका–१० श्रीनगर महारानी बजारस्थित कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

आयोगका प्रवक्ता कोइरालका अनुसार यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले ‘पावरवाला’हरूलाई उन्मुक्ति दिएको घटना सेलाउन नपाउँदै अख्तियारले पाँच हजारसहित असाईलाई पक्राउ गरेको छ ।

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएको थियो ।

Published : Tuesday, 2020 July 7, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया