आईजीपीमा शैलेसले बाजी मारे, ‘डाइनामिक’ हरिबहादुरलाई झट्का

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हरिबहादुर पाललाई उछिनेर शैलेश थापा नियुक्ति हुन सफल भएका छन् ।

मन्त्रिपरिषदको मंगलबार बालुवाटारमा बसेको बैठकले एआईजी थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । थापा २८औँ आईजीपी हुन् ।

आईजीपीको दौडमा थापा र पाल थिए । पाललाई उछिन्दै थापाले आईजीपी पड्काएका हुन् ।

कार्यसम्पादन मूल्याङकनमा थापा पहिलो र पाल दोस्रो नम्बरमा थिए ।

वर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवाहदका कारण बुधबार मध्यरातदेखि अनिर्वाय अवकाशमा जाँदै छन् ।

ज्ञवाली फागुन २८ गते महानिरीक्षमा नियुक्त भएका थिए ।

०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापाले ०७९ वैशाख १८ गतेसम्म नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

Published : Tuesday, 2020 July 7, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया