कम्युनिस्टले हर्कत गरेपछि कांग्रेसका खतिवडाले गराए ओली–दाहाललाई सचेत

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई चीनको भ्रातृ संस्था घोषणा गर्न सुझाव दिएका छन् ।

कांग्रेस नेता खतिवडाले मंगलबार ट्वीट गर्दै नेकपालाई चीनको कम्युनिस्ट पार्टीको भ्रातृ संगठन घोषणा गर्न भनेका हुन् । उनले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राजनीतिक भेटघाट गरेकोमा विरोध जनाएका हुन् ।

‘अब नेकपाका दुबै अध्यक्षज्यू पार्टीलाई चीनको कम्युनिस्ट पार्टीको भातृ संगठनका रूपमा घोषणा गर्नु होस्’, उनले भनेका छन् ।

कांग्रेस नेता खतिवडाले नेकपाका अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहाललाई राष्ट्रपतिलाई साँक्षी राखेर चीनको भ्रातृ संस्था घोषणा गर्न भनेका हुन् ।

‘घोषणा सभामा ओली, प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल सबै सहभागी हुनुहोस्’, उनले भने, ‘सी जीनपिङको फोटो छुट्ला है । हस्तक्षेप अति भो अति । लाजै हुन्न कि कसो ?’

नेकपाको विवाद मिलाइदिन चिनियाँ राजदूत यान्छीले कुटनीतिक मर्यादा विपरित राजनीतिक भेटघाट गरेपछि विरोध भइरहेको छ ।

Published : Tuesday, 2020 July 7, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया