काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंका १४, ललितपुरका १० र भक्तपुरका ४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

टेकुको प्रयोगशालमा काठमाडौंका १ जनामा कोरोना देखिएको छ ।

पाटन अस्पतालको प्रयोगशालमा भक्तपुरका ४, काठमाडौंका १२, ललितपरका १० जनामा कोरोना संक्रमण देखिएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगाशालमा गरिएको परीक्षणमा पनि काठमाडौंका १ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा सोमबार ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

Published : Tuesday, 2020 July 7, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया