गोरखाका तीन जना कोरोना संक्रमित निको भएर घर गए
गोरखा । गोरखा जिल्लाका तीन जना कोरोना संक्रमित निको भएर घर गएका छन् ।
शहीद लखन गाउँपालिका वडा नम्बर ७ बुङकोटको श्री शहीद स्मृति माविमा रहेको क्वारेन्टाइमा रहेका २ जना कोरोना संक्रमित मंगलबार निको भएका हुन् । उनीहरूलाई विदाइ गरिएको छ ।
शहीद लखन गाउँपालिका वडा नम्बर ६ श्री हिमालय मावि घैरुङका १ जना पोजेटिभ बिरामीलाई थप उपचारको लागि गोरखा क्याम्पसमा रहेको आइसुलेसनमा भर्ना गरिएको थियो ।
कोरोना पुनः परीक्षण गर्दा रिपोट नेगेटिभ आएको छ । उनीहरू ३ जनाले कोरोना जितेपछि बधाइ दिँदै विदाइ गरिएको थियो ।
Published : Tuesday, 2020 July 7, 6:05 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया