काठमाडौंको शहीद गंगालाल अस्पतालमा पनि कोरोना छिर्‍यो, सेवाहरू बन्द

काठमाडौं । काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना भाइरसको संक्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द भएको छ ।

अस्पतालले यही असार २३ देखि आकस्मिक सेवाबाहेकका सबै सेवा स्थगित गरेको जनाएको छ ।

अस्पतालमा भर्ना गरिएका बिरामीमा समेत कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउन भन्दै केन्द्रले सबै सेवा बन्द गरेको सूचनामा उल्लेख गरेको छ ।

केन्द्रको सूचनामा अर्को व्यवस्था नभएसम्मका लागि उक्त निर्णय लिइएको उल्लेख छ ।

Published : Tuesday, 2020 July 7, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया