कम्युनिस्टको सत्ता स्वार्थको पुच्छर नबन्न नेतृत्वलाई कांग्रेसका यी नेताहरूको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले कम्युनिस्टहरूको पुच्छर नबन्न नेतृत्वलाई दवाव दिएका छन् ।

ललितपुरको सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने पदाधिकारी र सदस्यहरूले नेकपाभित्रको आन्तरिक विवादमा कांग्रेसलाई पार्न नहुने धारणा राखेका हुन् । उनीहरूले जनताले कांग्रेसलाई सत्ताभन्दा बाहिर बस्न निर्देशन दिएकाले त्यो जनदेशलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

कम्युनिस्टहरू देश र जनतालाई भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर काम गर्ने गरेको भन्दै बैठकमा धारणा राख्ने कांग्रेस नेताहरू नेकपाका नेताहरूको लोभ र लालचमा नपर्न सुझाव दिएका एक नेताले बताए ।

महामन्त्री पूर्णबहादुर खड्काले बैठकसँग सम्बन्धित प्रस्तावहरू प्रस्तुत गरेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्यहरू भीष्मराज आङ्दम्वे, डा.चन्द्र भण्डारी, पुष्पा भुसाल, मीन विश्वकर्मा, गगनकुुमार थापा, जीवन परियार, डा.डिला संग्रौला, बहादुर सिंह लामा तामाङ, अतहरकमाल मुसलमान, गोपाल दहित, योगेन्द्र चौधरी, आमन्त्रित सदस्यहरू किरणराज शर्मा पौडेल, कृष्णकिशोर घिमिरे, मनोहरनारायण श्रेष्ठ र शम्भुलाल श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।

Published : Monday, 2020 July 6, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया