भारतद्वारा ईलाममा गुरुकुल संस्कृत विद्यालय निर्माण

इलाम । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत इलाममा श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय बनाइदिएकाे छ ।

नेपाली रूपियाँ ३१.१३ मिलियन लागतमा निर्माण गरिएको बरबोटेस्थित श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको औपचारिक उद्घाटन गरिएकाे छ । विद्यालय व्यवस्थापन समिति र भारतीय राजदूतावासका प्रतिनिधिहरूद्वारा साेमबार भिडियो कन्फरेन्समार्फत उद्घाटन गरिएकाे हाे ।

सन् २००९ मा प्राथमिक विद्यालयको रुपमा स्थापित यस विद्यालय सन् २०१५ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वैदिक तथा आधुनिक शिक्षा संस्कृत भाषामा पनि अध्यापन गराइनु विद्यालयको नवीनतम पक्ष हो ।

ईलामसँग जोडिएका अन्य जिल्लाहरूबाट आएका विद्यार्थीका लागि विद्यालयले आवासीय सुविधा प्रदान गर्दछ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्मित यस चार तल्ले भवनमा विद्यालय तथा छात्रावास ब्लक रहेका छन् ।

जसमा दशवटा कक्षाकोठा, आवासीय विद्यार्थीका लागि नौवटा शयन कक्ष, चारवटा अध्ययन कक्ष, वार्डेन कार्यालय, एउटा बैठक कक्ष, एउटा साझा हल, तीनवटा भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाईका सुविधाहरू रहेका छन् ।

जिल्ला समन्वय समिति ईलामले यस परियोजनाको कार्यान्वयन गरेको हो ।

नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग भारत सरकार र जनताको तर्फबाट जोडिन पाएकोमा भारतीय दूतावास खुशी व्यक्त गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2020 July 6, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया