सरकारलाई बाटो देखाउन इशान–पुकारको कांग्रेसका सह–महामन्त्रीसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले इशान र पुकार बमलाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

डा.महतले सोमबार बिहान काठमाडौंको हाम्स अस्पताल पुगेर ‘ईनफ ईज ईनफ’का अभियान्ता इशान र पुकार बमको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

डा.महतका सहयोगी अनुराग शाहका अनुसार इशान र पुकारको मागको सुनुवाइका लागि आफ्नो ऐक्यबद्धता नजाएका छन् ।

कोरोना भाइरसको संक्रमणको परीक्षणको पीसीआर विधिमार्फत दायरा बढाउन सरकारसँग आग्रह गरिएको सह–महामन्त्री डा.महतले बताएका छन् ।

अभियान्ता द्वय इशान र पुकारसँग करीव १५ मिनेट जति कुराकानी गरेका डा.महतले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टिनहरू नहुँदा क्वारेन्टिनबाटै संक्रमण सर्ने केन्द्र बनेको बताएका छन् । डा.महतले क्वारेन्टिन व्यवस्थित गर्न सरकारसँग आग्रअ समेत गरेका छन् ।

कांग्रेसका सह–महामन्त्री डा.महतसँग उनीहरूले अहिलेको सरकारसँग सबै आशा हराइसकेको बताएका थिए ।

इशान र पुकारले अब कांग्रेसले नै यो सरकारलाई सहि बाटोमा ल्याउनुपर्ने सुझाव दिएको डा.महतका सहयोग शाहले बताए ।

उनीहरूले सरकारले कोरोना नियन्त्रण गर्न पीसीआर परीक्षण बढाउनुपर्नेमा उल्टो सत्ता लम्ब्याउने विवादमा अल्झिनु दुःखद् भएको बताएका थिए ।

Published : Monday, 2020 July 6, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया