काठमाडौं उपत्यकामा आइतबार थप ३० जना कोरोना संक्रमित भटिए

काठमाडाैं । लकडाउन खुकुलाे भएसँगै काठमाडौं उपत्यकामा आइतबार थप ३० जना कोरोना संक्रमित भटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडाैं उपत्यकामा ३० जना संक्रमित फेला परेकाे बताएका हुन् ।

उनका अनुसार काठमाडौंमा २७, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित भेटिएका छन् ।

योसँगै काठमाडाैंमा १३०, ललितपुरमा १९ र भक्तपुरमा २९ जना काेराेना संक्रमित रहेका छन् ।

Published : Sunday, 2020 July 5, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया