काठमाडौंमा १२ वटा माइक्रोबसमा आगलागी

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा आइतबार बिहान माइक्रोबसहरूमा आगलागी भएको छ ।

ग्यारेजभित्र बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा बस पूर्ण रुपमा जलेर क्षति भएका छन् ।

४ वटा माइक्रो बस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार आगलागीको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2020 July 5, 9:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया