काठमाडाैं उपत्यकामा एकै दिन ३२ जनामा काेराेना, १५४ पुग्याे संख्या

काठमाडाैं । लकडाउन खुकुलाे भएसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि उपत्यकावासीमा त्रास देखिएकाे छ । समुदायस्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका छन् ।

एकैदिन ३२ जनासम्म सङ्क्रमित देखिएसँगै काठमाडौं उपत्यकामा सङ्क्रमित हुनेको सङ्ख्या १ सय ५४ पुगेको छ ।

उपत्यकामा बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण फैलिएको केहीले बताइरहेका छन् ।

केहीले काठमाडौंमा समुदायस्तरमा कोरोना फैलिसकेकाले सरकारले लकडाउनमा कडाइ गर्नुपर्ने बताइरहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडौंमा देखिएको कोरोना आयातीत भएकाले डराउनुपर्ने अवस्था नरहेको प्रस्ट पारेको छ ।

केही स्थानका टोल टोलमा परीक्षण गर्ने तयारी भइरहेको भन्दै शनिबार २ सय ५० जनाको कोरोना परीक्षण गरिएको छ ।

Published : Sunday, 2020 July 5, 8:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया