कांग्रेसद्वारा बझाङको ज्यान जाने घटनाप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले बझाङको केदारस्युँ गाउँपालिका ८, मल्लेसीमा पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति चिन्ता जनाएको छ ।

कांग्रेसले शनिबार विज्ञप्ति जारी गरेर दुःख व्यक्त गरेको हो । शुक्रबार राति परेको अविरल वर्षाका कारण गएको पहिरोमा परी ६ जनाको मृत्यु, १ जना वेपत्ता र १८ घरमा क्षति पुगेको घटनाप्रति कांग्रेस गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरूको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।

‘पहिरोमा परि जीवन गुमाउनु भएकाहरूप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ र उहाँहरूका परिवारजनहरूमा हार्दिक समवेदना प्रकट गर्दछ’, शोक वक्तव्यमा भनिएको छ ।

‘वेपत्ताको तत्काल खोजी गर्न र विपतमा परेका पीडित परिवारहरुलाई उद्धार, राहत र सहयोग गर्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ’, कांग्रेसले भनेको छ ।

Published : Saturday, 2020 July 4, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया