कांग्रेसद्वारा देउखुरीका नगरपालिका र गाउँपालिकाहरूलाई स्वास्थ्य सामग्री प्रदान

लमही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीको संयोजनमा दाङको देउखुरी उपत्यकामा रहेका तीन गाउँपालिका र एक नगरपालिकालाई स्वास्थ्य सामग्रीहरू प्रदान गरिएको छ ।

शुक्रबार नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको नेतृत्वमा स्वास्थ्य सामग्रीहरू प्रदान गरिएको हो ।

लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकालाई कांग्रेसले एक–एक थान तापक्रम नाप्ने थर्मल गन, पाँच–पाँच लिटर स्यानिटाइजरसहितका सामग्री प्रदान गरिएको क्षेत्रीय सभापति पाण्डेले जानकारी दिए ।

उनले भने, ‘धेरै ठूलो मात्रामा स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउन नसकेपनि कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू देउखुरी उपत्यकाका एक नगरपालिका र तीन गाउँपालिकालाई उपलब्ध गराएका छौँ ।’

कांग्रेसका केन्द्रीय सदस्य चौधरीले ती सामग्रीहरू काठमाडौंमा संकलन गरेर देउखुरी पठाइदिएका हुन् ।

स्वास्थ्य सामग्री वितरण गर्न कांग्रेसकी पूर्वसांसद सुशीला चौधरी, कांग्रेस नेताहरू जानकीलाल बस्नेत, गाेविन्द रेग्मी, गिरिजा न्यौपाने, ताराबहादुर डिसी, दुर्योधन पाण्डे, नुमानन्द सुवेदी, लोकराज केसी, हरि भुसाल, अनुराग यादवलगायतका नेताहरू गएको थिए ।

Published : Friday, 2020 July 3, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया