ललितपुर कांग्रेसले दियो स्व.कर्माचार्यलाई श्रद्धाञ्जलि, सभापतिसहितका नेताहरू सहभागी

चापागाउँ । ललितपुर कांग्रेसका नेताहरूले स्व.दिलिप कर्माचार्यलाई श्रद्धाञ्जलि दिएका छन् ।

पूर्व जिल्ला सह–सचिव समेत रहेका कर्माचार्यलाई गोदावरी नगरपालिकाको वडा नम्बर ११ चापागाउँमा श्रद्धाञ्जलि दिइएको हो ।

स्व.कर्माचार्यको निवासमा १३औँ दिनको कार्यक्रममा कांग्रेस नेताहरू पुगेर श्रद्धाञ्जलि दिनुका साथै परिवारजनलाई समवेदन प्रकट गरेको नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिए ।

‘पार्टी सभापति मदनबहादुर अमात्यसहितका नेताहरू स्व.कर्माचार्यको निवासमा पुगेर श्राद्धाञ्जलि कार्यक्रममा सहभागी भएका छौँ’, महर्जनले भने, ‘ललितपुरमा कांग्रेसको राजनीतिमा स्व.कर्माचार्यले दिनुभएको योगदान हामीले भुल्न सक्दैनौँ ।’

कांग्रेस ललितपुरका सभापति मदन अमात्य, पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागका सदस्य सचिव मीनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उप–मेयर मुना अधिकारी, कांग्रेस बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, नेता ऋषिराम घिमिरे, पुरुषोत्तम सिलवाल, जिल्ला सदस्यहरू प्रभाकर पोखरेल, बशिष्ठ अधिकारी,सानुभाई पहरी, चक्र महर्जन, गोदावरी नगर सभापति सुरज श्रेष्ठ, वडाध्यक्षहरू र अन्य नेतारूले श्रद्धाञ्जलि दिएका थिए ।

Published : Friday, 2020 July 3, 9:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया