कम्युनिस्टहरूले काठमाडौंमा लफडा गरेकै दिन पाल्पाका युवाहरू कांग्रेसमा प्रवेश

पाल्पा । काठमाडौंमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू पार्टी विभिाजनतिर उन्मुख भएका बेला उनीहरूका नेता तथा कार्यकर्ताले नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पाल्पा जिल्लाको क्षेत्र नम्बर १ मा बिहीबार आयोजित विशेष कार्यक्रममा नेकपाका ४ दर्जन नेकपाका युवाहरू नेपाल तरुण दलमा प्रवेश गरेका छन् ।

कम्युनिस्टहरू सत्तास्वार्थ र कमाउधन्दामा लागेर जानको मागको सुनुवाइ नगरेको भन्दै नेकपाका युवाहरूले पार्टी परित्याग गरेर कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलमा प्रवेश गरेको जनाए ।

नेकपाको बलियो आधार मानिने निस्द्दी गाउँपालिक वडा नम्बर ५ का २७ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

रामपुर नगरपालिकको वडा नम्बर ४ बाट १५ जना युवाहरू नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

नेपाल कम्युनिस्ट पार्टीभित्र बढ्दै गैरहेको वैचारिक बिचलन, भ्रस्टचार, चरित्रहीन प्रवृत्तिका कारण आफूहरू कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

आगामी दिनमा नेपाली कांग्रेसमा सक्रियताका साथ लागेर अगाडि बढने उनीहरूले प्रतिवद्धता जनाएका छन् ।

तरुण दल, पाल्पा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति प्रेमप्रकाश श्रेष्ठले अध्यक्षता भएको कार्यक्रममा महासमिति सदस्य तथा रामपुरका नगर प्रमुख रमणबहादुर थापाले नव प्रवेसीहरूलाई स्वागत गरेका थिए ।

कार्यक्रममा पार्टीका महाधिवेशन प्रतिनिधि, नगर सभापति, विद्यार्थी नेता तथा तरुण नेताहरूले देश र विकासका निम्ति लोकतन्त्रको धरोहर पार्टी नेपाली कांग्रेसमा सम्पूर्ण युवाहरू एक भएर अगाडि बढ्ने बताए ।

कोरोना भाइरसको संक्रमणबाट जनताको जीवन बचाउने बेला नेकपाका शीर्ष नेताहरू पद, सत्ता र भ्रष्टाचारमा लिप्त भएको भन्दै नेकपाका कार्यकर्ताहरूले लकडाउनको प्रवाह नै नगरी कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहीबार नेकपाभित्रकाे विवादले पार्टी विभाजनसम्मका गतिविधि भएका समाचार बाहिरिएका थिए ।

Published : Friday, 2020 July 3, 7:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया