रौतहट काण्डका अर्का व्यक्ति पक्राउ, बयानमा पूर्वमन्त्रीको नाम पोले

जनकपुरधाम । पूर्वमन्त्री मोहम्मद अफ्ताब आलम प्रकरणका शेष सरोज भन्ने शेष सराजलाई प्रहरी पक्राउ गरेको छ ।

आलम पक्राउ परेपछि भाग्दै आएका सराजलाई प्रहरीले नेपाल–भारत सिमानामा लुकेर बस्दै आएका थिए ।

उनलाई नेपाल–भारत सिमाना नजिकै बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ८ बाट पक्राउ गरेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सराजले रौतहट घटनाका घाइते र मृत्तकलाई बोरामा राखेर ट्याक्टरमा लोड गरी ईट्टाभट्टमा जलाएको बयानमा स्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ ।

सराजले सो कार्य पूर्वमन्त्री आलमको निर्देशनमा गरेको बयान दिएका छन् ।

०६४ सालको निर्वाचनमा बम बनाउने क्रममा शेख ईद्रिसको गोठघरमा चैत १२ गते बम विष्फोट हुँदा त्रिलोकप्रताप सिंहसहित १५–१६ जना घाइते तथा २–३ जनाको मृत्यु भएको थियो ।

मृत्तक र घाइतेलाई ट्याक्टरमा लोड गरेर राजा ईट्टा भट्टामा लगेर जलाइएको अभियोगमा पूर्वमन्त्री आलम थुनामा छन् ।

Published : Thursday, 2020 July 2, 10:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया