नेविसंघले काठमाडौंमा रक्तदान गर्दै, देउवा आफै सहभागी हुने

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा रक्तदान कार्यक्रम राखेको छ ।

रक्तदान बिहीबार बिहान ८ बजे काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा हुनेछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्नेछन् ।

नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा नेविसंघले रक्तदान कार्यक्रम गर्न लागेको हो ।

नेविसंघले लकडाउनका कारण बिरामीका लागि रगत अभाव भएपछि रचनात्मक कार्यक्रम गरेर रक्तदानको कार्यक्रम राखेको छ ।

नेविसंघले आफूलाई रचनात्मक कार्यक्रममा संलग्न गराइ गिरिजाप्रसाद कोइरालालाई स्मरण गरेको छ ।

Published : Thursday, 2020 July 2, 7:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया