लकडाउनका बेला दाङमा बन्यो कांग्रेसलाई सहयोग गर्ने प्रजातान्त्रिक समिति

घोराही । नेपाली कांग्रेस निकटको नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ जिल्ला कार्यसमिति दाङ गठन भएको छ ।

बुधबार महेन्द्र बहुमुखी क्यापम्स दाङका प्राध्यापक प्रकाश श्रेष्ठको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

काग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको उक्त संस्थाले पार्टीलाई बलियो बनाउने उदेश्य रहेको अधयक्ष श्रेष्ठले बताए ।

समितिमा विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरूको सहभागिता रहेको छ ।

समितिको उपाध्यक्षमा बसन्धरा गौतम, सचिवमा शिशिर अधिकारी, सह–सचिवमा जागेश्वर खडका र कोषाध्यक्षमा सरोज शाहा रहेका छन् ।

सदस्यहरूमा डा.चेतनारायण पाण्डे, विलोचन चौधरी, जानुका केसी, ज्ञानबहादुर रायमाझी, विवेक खडका, दलबहादुर थापा, चित्रबहादुर नेपाली, नारायण डाँगी, शुष्मा चन्द, खड्गबहादुर थापा, हरिबहादुर कुँवर र जबरुद्धिन राइन रहेका छन् ।

सल्लहाकारहरूमा नेपाली कांग्रेस दाङका जिल्ला सभापति कृतिबहादुर खडका, डा.अर्जुन बवुढाथोकी र नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल रहेका छन् ।

Published : Wednesday, 2020 July 1, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया