लकडाउनका बेला गुल्मी कांग्रेसको सम्पर्क समिति सक्रिय, समस्यामा परेकाहरूलाई राहत र उद्धार

काठमाडौं । नेपाली कांग्रेसको गुल्मी–काठमाडौं सम्पर्क समितिले ‘विपत् व्यवस्थापन समिति’ गठन गरेर कोरोनाभाइरसको महामारी र लकडाउनका कारण समस्यामा परेका गुल्मेलीहरूलाई सहयोग र उद्धारलगायतका सामाजिक कार्यहरू गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य एवम् गुल्मी कांग्रेसका नेता योगराज कँडेलको संयोजकत्वमा गठित समितिले राहत संकलन, उद्धार र सहायता विरतणको कार्यहरू गर्दै आएको हो ।

समितिले काठमाडौं उपत्यकामा रहेका गुल्मेली र जिल्लामा समस्यामा रहेकाहरूलाई सहयोग गर्दै आएको छ । समितिले विभिन्न गाउँपालिकालाई स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको छ ।

नेपाल प्रहरी र स्थानीय सञ्चारकर्मीहरूलाई पीपीई सेट समेत उपलब्ध गराइएको छ ।

नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिले समिति नै गठन गरेर समस्यामा परेका सर्वसधारणलाई सक्दो सहयोग गर्दै आएको छ ।

लकडाउनका बेला वैशाख ११ गते भाइको निधन भएपछि गुल्म जान नसकेका भीम थापालाई समितिका संयोजक कँडेलले आफ्नो गाडीमा राखेर रातारात सत्यवती गाउँपालिका वडा नम्बर ५ मा पु¥याइदिएका थिए ।

मिर्गौला रोगबाट उपचार गराइरहेका व्यक्तिसहितका विभिन्न रोगबाट समस्यामा परेकाहरूलाई पनि समितिले आर्थिक सहोग गर्दै आएको छ ।

सहयोग कोष नै स्थापना गरेको समितिले सो कोषमा हालसम्म करीव ६ लाख संकलन गरिसकेको छ । कोष स्थापना गर्ने बेला संयोजक कँडेलले आफ्नो व्यक्तिगत रुपमा ५० हजार जम्मा गरेर शुरुवात गरेका थिए ।

नेपाली कांग्रेसका युवा नेता विष्णु पन्थीले गुल्मी जिल्लाबाट काठमाडौं उपत्यकामा आएर विभिन्न पेसा, व्यवसाय, मजदुरी गर्दै आएकाहरूलाई लकडाउनका कारण समस्या पर्दा समितिले सक्दो सहयोग गरेको बताए ।

उनले कसैलाई राहत वा कुनै पनि प्रकारको सहयोग आवश्यक पर्दा समितिले छिटोभन्दा छिटो सहयोग गर्ने गरेको बताए ।

समितिबाट भएका खर्च, उद्धार, राहत वितरणसहितका गतिविधि फेसबुक म्यासेन्जरमा बनाइएको ग्रुपमा राख्ने गरिएको छ ।

समितिका संयाेजक कँडेलको सक्रियतामा विभिन्न समयमा स्वास्थ्य सामग्री गुल्मीमा हस्तान्तरण गरिएको छ ।

जिल्लामा कार्यरत पत्रकारलाई ३५ सेट पीपीई, सुरक्षाकर्मीलाई ३९ सेट पीपीई उपलब्ध गराइएको छ । जिल्लाका केही स्थानीय तहका स्वास्थ्यकर्मीहरूलाई पीपीईसहित स्वास्थ्य सामग्री समेत प्रदान गरिएको छ ।

जसमध्ये रुरु गाउँपालिकाका स्वास्थ्यकर्मीलाई तीन सेट पीपीई तथा छत्रकोट कालीगण्डकी र सत्यवती गाउँपालिका स्वास्थ्यकर्मीलाई चार/चार सेट पीपीई र गुल्मी दरबारमा १०० पिस भिटिएन, १३०० पिस सरजिक्ल माक्स, १३ लिटर सेनिटाइजर प्रदान गरिएको कँडेलले बताए ।

गुल्मी जिल्लाबाट एमाले पृष्ठभूमि भएका दुई जना नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्टले प्रतिनिधि सभामा जितेर आएका छन् । प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री नै छन् ।

लकडाउनका बेला कम्युनिस्टहरूले जिल्लाका लागि राम्रोसँग गर्न नसकेको भनेर आलोचना भइरहेका बेला नेपाली कांग्रेसको गुल्मी–काठमाडौं सम्पर्क समितिका सभापति ज्ञानबहादुर कार्कीले कँडेलको नेत्वमा समिति गठन गरेर समस्यामा परेकाहरूलाई सहयोग गरेका हुन् ।

कम्युनिस्टहरूलाई समितिको समाजिक कार्यबाट तनाब भएको छ ।

Published : Wednesday, 2020 July 1, 1:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया