बालुवाटारमा नेकपाको बैठक चलिरहेका बेला जन्मियो नेकपा (एमाले)

काठमाडौं । खड्गप्रसाद ओलीले तत्कालीन नेकपा (एमाले)लाई बिघठन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएको झण्डै तीन वर्षपछि पुरानो पार्टी जन्मिने भएको छ ।

तत्कालीन नेकपा (एमाले) पार्टी जन्माउन सन्ध्या तिवारीले निर्वाचन आयोगमा मंगलबार निवेदन दिएकी छिन् ।

झापा घर भएकी तिवारीको नेतृत्वमा नेकपा (एमाले) नामको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिइएको छ ।

निर्वाचनमा आयोगमा नेकपा (एमाले) पार्टी दर्ताका लागि निवेदन दर्ता भएको छ । सो पार्टी तिवारीलाई दिने वा नदिने आयोगले पछि निर्णय गर्नेछ ।

नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै त्यो विषयमा आफू जानकार नरहेको जवाफ दिएका छन् ।

Published : Tuesday, 2020 June 30, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया