सशस्त्र प्रहरीद्वारा अलौमा अबैध भारतीय नोटसहित एक जना पक्राउ

कृष्णा यादब

वीरगञ्ज । सशस्त्र प्रहरी बलको बिओपी अलौले स्रोत नखुलेको ९१ हजार भारतीय नोटसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

बिओपीका सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण पुडासैनीको टोलीले अलौ भन्सारमा चेकजाँच गर्ने ९१ हजार भारतीय रुपियाँ बरामद गरेको हो ।

ना १५ प ५८३८ नम्बरको होण्डाको साईन मोटरसाईकलसहित एक जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बिओपी प्रमुख प्रहरी निरीक्षक रबि थापाले बताए ।

पक्राउ पर्नेमा पोखरिया नगरपालिका वडा नं. २ लमरिया निवासी २८ वर्षीय मनोज यादब रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादबलाई भारु रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि राजशव अनुसन्धानको कार्यालय पथलैयामा बुझाइएको थापाले बताए ।

Published : Tuesday, 2020 June 30, 8:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया