प्रहरीको प्राविधिकतर्फ ९ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका ९ जना प्राविधिकतर्फका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूलाई नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरिएको छ ।

बढुवा समितिको मंगलबारको सिफारिसअनुसार ९ जनालाई प्रहरी नायब उपरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूह, नर्सिङतर्फ नायव प्रहरी उपरीक्षक पदमा प्रहरी निरीक्षक ईशमाया केसीको बढुवा सिफारिस भएको सदस्य सचिव एवम् प्रवक्ता शैलेशकुमार थापाले बताएका छन् ।

केसीको दरबन्दी नेपाल प्रहरी अस्पताल महाराजगञ्ज रहेको छ ।

प्राविधिक समूह, विधि विज्ञानतर्फ प्रहरी नायव उपरीक्षक पदमा प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसीका सुरेश विष्ट, शौरभ भण्डारी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत विधि विज्ञान प्रयोगशाला र विजयकुमार शर्मा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल विधि विज्ञान प्रयोगशाला दरबन्दी रहेकाको डीएसपीमा बढुवा सिफारिस भएको छ ।

ईञ्जिनियरिङ उपसमूह सञ्चारतर्फ प्रहरी नायब उपरीक्षक तीन पदमा वीरेन्द्रकुमार सोम पौडेल ४ नं. प्रदेश प्रहरी कार्यालय पोखरा सञ्चार, विशाल ज्ञवाली प्रहरी प्रधान कायालय सञ्चार निर्देशनालय नक्साल र सत्यनारायण जयसवाल ३ नं. प्रदेश प्रहरी कार्यालय सञ्चारको बढुवा भएको छ ।

ईजिनियरिङ उपसमूह सन्चारतर्फ प्रहरी उपरीक्षक पदमा दुई जनाको बढुवा भएको छ ।

कृष्णबहादुर धिताल प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालय र दामोदर कँडेल प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयको बढुवा भएको छ ।

Published : Monday, 2020 June 29, 11:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया