साउन ७ गतेसम्म बढ्यो लकडाउन

काठमाडौं कम्युनिस्ट सरकारले लकडाउनलाई साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय सरकारले गरेको छ ।

सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियो ।

निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् । सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन् ।

सीमित बजार पसलहरु सञ्चालन भए पनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरू बन्द अवस्थामा छन् ।

Published : Monday, 2020 June 29, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया