कांग्रेसले कम्युनिस्ट सरकारका मन्त्रीहरूसँग मंगलबार कोरोनाकाे दश अर्बकाे स्पष्टीकरण लिने

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न नसकेको भनेर आलोचना भइरहेका बेला प्रमुख विपक्षी दल नेपाल कांग्रेसको ‘कोरोना अनुगमन समिति’ले स्वास्थ्य र अर्थसँग भेट गरेर जानकारी लिने भएको छ ।

समितिले कोरोना नियन्त्रण, उपचार, क्वारेन्टिन, उद्धार, खर्च लगायतका विषयमा जानकारी लिनुका साथै अबका दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा समेत सुझाव दिनेछ ।

कांग्रेसका सह–महामन्त्री समेत रहेका समितिका संयोजक डा.प्रकाशशरण महतको टोलीले मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री डा.युवराज खतिवडालाई भेटेर कोरोनका विषयमा हालसम्म भएको खर्च र गतिविधिहरूका बारेमा जानकारी लिनेछ ।

डा.महतका अनुसार दश अर्ब खर्च भइसक्दा समेत स्थानीय तहका क्वारेन्टिनहरूको दैनीय अवस्था रहेको बताए । उनले स्वास्थ्य सामग्री खरिदको अनियमितता, समयमा उपचार नपाएर मृत्यु भएकाहरूको विषय, पीसीआर पद्धतिबाट नमूना परीक्षण लगायतका बारेमा मन्त्रीहरूसँग जानकारी लिइने बताए ।

कांग्रेसको कोरोना अनुगमन समितिले नवलरासीसहितका विभिन्न जिल्लामा क्वारेन्टिनमा बसेकाहरूसँग भेटेर समस्याको जानकारी लिएको थियो ।

क्वारेन्टिनमा बसेकाहरूले आधारभूत सुविधा नपाएको भन्दै डा.महतसँग गुनासो गरेका थिए । डा.महतले उनीहरूका गुनासो सरकारसम्म पुर्‍याउने प्रतिवद्धता जनाएका थिए ।

यसअघि कांग्रेसले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भेटेर कोरोनाभाइरसको संक्रमण र महामारी नियन्त्रणमा लापरबाही भएको भन्दै ज्ञापनपत्र नै बुझाइसकेको छ । कांग्रेसले कम्युनिस्ट सरकारलाई कोरोना नियन्त्रणमा सहयोग गर्दै आएको छ ।

सरकारले कोरोना रोकथाम र नियन्त्रण तथा क्वारेन्टिनमा बसेकाहरूलाई आधारभूत सुविधाननै दिन नसकेको आरोप लगाउँदै आएको छ ।

कम्युनिस्ट सरकारका मन्त्री र उच्च तहका अधिकारीहरू स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारमा संलग्न भएको भन्दै आलोचना भइरहेको छ ।

लकडाउनका बेला कोरोना नियन्त्रणमा दश अर्ब खर्च भएको विवरण बाहिर आएपछि झन् कम्युनिस्ट सरकार आलोचित बनेको थियो ।

समितिले मंगलबार बिहान ८ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाल र अर्थमन्त्री डा.खतिवडालाई दिउँसो २ बजेट भेट्ने कार्यक्रम रहेको छ ।

Published : Monday, 2020 June 29, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया