प्रदेश २ मा १८ लाखका तीन वटा पोकासहित केटाहरू पक्राउ

महोत्तरी । महोत्तरी जिल्लामा प्रहरीले स्रोत नखुलेको १८ लाख रुपियाँ बरामद गरेको छ ।

प्रहरीले नगदसहित तीन जनालाई पनि पक्राउ गरेको जनाएको छ ।

मनराशिस्वा नगरपालिका–२ भलुई चोक नजिकबाट स्रोत नखुलेको नेपाली रुपियाँ १८ लाखसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा जलेश्वर नगरपालिका–२ बस्ने १९ वर्षीय रोहितकुमार साह, २२ वर्षीय संजयकुमार साह र २७ वर्षीय जयकुमार साह रहेका छन् ।

१८ लाख रुपियाँमध्ये रोहितको साथबाट ९ लाख रुपियाँ, संजयको साथबाट ३ लाख ५० हजार रुपियाँ र जयकुमारको साथबाट ५ लाख ५० हजार रुपियाँ बरामद भएको छ ।

प्रदेश २ को प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज.११प ८१०८ नम्बर र प्रदेश २–०३–००३ प ४०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई नगदसहित फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

बरामद भएको १८ लाख नगदका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रदेश २ मा डीआईजी धिरजप्रताप सिंह प्रमुख बनेसँगै जिल्लाहरूमा तस्करी, कालोबजारी, अपराध लगायतका घटनाहरूमा कठोर नीति लिइएको छ ।

Published : Sunday, 2020 June 28, 11:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया