कम्युनिस्ट राजनीति नगरी भोजपुरका सबै स्थानीय तहमा एम्बुलेन्स देउः तरुण उपाध्यक्ष चापागाइँ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले प्रदेश १ को कम्युनिस्ट सरकारले एम्बुलेन्स वितरण गर्दा सबै स्थानीय तहलाई एक–एक वटाका दरले वितरण गर्न माग गरेका छन् ।

प्रदेश १ का कम्युनिस्ट मुख्यमन्त्री शेरधन राईले भोजपुर जिल्लाका सीमित स्थानीय तहलाई मात्रै राजनीतिक आस्थाका आधारमा एम्बुलेन्स वितरणको तयारी गरेका छन् ।

प्रदेश सरकारको पैसामा खरिद गरिएका एम्बुलेन्सहरू मुख्यमन्त्री राईले तजबिजीका आधार राजनीतिक पूर्वाग्रही भएर वितरणको तयारी गरेपछि कांग्रेसका युवा नेता चापागाइँले सबै स्थानीय तहलाई एक–एक वटा एम्बुलेन्स निःशुल्क दिनुपर्ने माग गरेका हुन् ।

भोजपुर जिल्लामा ९ वटा स्थानीय तह छन् । ती सबैलाई एम्बुलेन्स आवश्यक रहेको भन्दै चापागाइँले कसैलाई काखा र कसैलाई पाखा गरिए परिणाम नराम्रो हुने चेतावनी दिएका छन् ।

‘प्रदेश १ सरकारले भोजपुरमा एम्बुलेन्स वितरण गर्ने हो भने ९ वटै स्थानीय तहलाई दिनुपर्छ’, उनले चेतावनी शैलीमा भने, ‘राजनीतिक पूर्वाग्रही भएर कसैलाई एम्बुलेन्स दिने कसैलाई नदिने भएमा त्यसको परिणाम उचित हुनेछैन ।’

प्रदेश १ का मुख्यमन्त्री राईले आफ्नो दल नेकपाले जितेका स्थानीय तहमा मात्रै सरकारको तर्फबाट निःशुल्क एम्बुलेन्स वितरणको तयारी गरेका छन् ।

Published : Wednesday, 2020 June 24, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया