भारतीय सेनाको आक्रमणबाट गलवानमा दुई चिनियाँ सैन्य अफिसरको मृत्यु

नयाँदिल्ली । भारत र चीनकाे सीमा नजिक गलवानमा भएको झडपमा आफ्ना दुई जना चीनका अफिसर मारिएको जनाइएको छ ।

चीन–भारत सीमा नजिक गलवान उपत्यकामा जुन १५ मा २० भारतीय सैनिकको ज्यान जाने गरी झपड भएको थियो । सो झडपमा आफ्ना दुई चिनियाँ सैन्य अधिकारी मारिएको भारतीय पत्रिका टाइम्स अफ इण्डियाले जनाएको छ ।

चीनले मारिनेमा एक कमाण्डिङ अफिसर र बटालियनका अर्का अफिसर भएको स्वीकार गरेको छ ।

चिनियाँ पक्षले यस हताहतीका बारेमा घटना लगत्तै भारतीय पक्षलाई जानकारी दिएको भएपनि हालै मात्र समाचार सार्वजनिक भएको उल्लेख छ ।

घटनामा आफ्ना सैन्य अधिकारी मारिएको चीनको स्वीकारोक्तिलाई महत्वपूर्ण मानिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले भने हालसम्म घटनामा भएको कुनैपनि हताहतीलाई स्वीकार गरेको छैन ।

जुन १५ भारतीय सेनाले आफ्नो दाबी गरिएको भ–भागमा चिनियाँ पक्षले निर्माण गरेको भौतिक संरचना भत्काएपछि दुबैपक्षबीच हिंस्रक झडप भएको थियो ।

घटनामा भारतका कमान्डिङ अफिसर सहित २० जनाको ज्यान गएको थियो ।

घटना लगत्तै चिनियाँतर्फ पनि हताहती भएको बताइएको भएपनि कति संख्यामा हताहती भयो भन्ने बारेमा कुनै जानकारी सार्वजनिक हुनसकेको थिएन ।

Published : Tuesday, 2020 June 23, 12:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया