‘सुरुङ मास्टर’ प्रचण्डलाई रमा सिंहले राष्ट्रवादकाे गतिलै पाठ पढाइन्

रमा सिंह, सञ्चारकर्मी

सन् १९६२ को भारत र चीनकाे युद्धमा भारत पराजित भएपछि आफू सुरक्षित हुनको लागि भनेर तात्कालीन भारतीय प्रधानमन्त्री नेहरूले स्व. राजा महेन्द्रसंग अनुमति लिएर भारतीय सेना नेपालको कालापानीमा शरणमा बसेका थिए । तपाईले नपढदैमा इतिहास मेटिएला र ?

त्यतिबेला कालापानीमा मात्र नभई नेपालभरि करीब २० वटाभन्दा धेरै भारतीय सैनिक क्याम्पहरू थिए । राजा महेन्द्रले सन् १९६८ सम्ममा करीब १७ वटा सैनिक क्याम्प नेपालबाट हटाए । तर, कालापानीमा सुगौली सन्धिको विषय लिएर विवाद भएपछि त्यो क्याम्पबाट त्यतिबेला भारतीय सेना हटाउन कुटनैतिक पहल सुरू भयो । सन् १९७१ मा (२०२८ माघ १७ गते सोमबारको दिन) राजा महेन्द्रको निधन भएपछि यो कुरा केहि समयको लागि त्यत्तिकै सेलायो ।

राजा महेन्द्र स्वर्गीय भएको ९ वर्षपछि २०३७ सालमा भएको जनमतसंग्रहमा कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि मतदान भएको इतिहास साँक्षी छ ।

त्यसपश्चात सन् १९७४-७५ तिर राजा वीरेन्द्रको पालामा प्रकाशित भएको नक्सामा कालापानीबारे विवाद कायम नै भएको कारण न यताको न उताको गरि रातो घेरा लगाएर नक्सा प्रकाशित गरियो । भारत र नेपाल दुबैले त्यसलाई बिवादित क्षेत्र मानेर दुबै देशले आ-आफ्नो नक्सामा नराखेको भन्ने भनाई सीमाविदहरूको छ ।

त्यसपछि भारतले कहिले बहुदलीय प्रजातन्त्र त कहिले गणतन्त्रको नाममा जनतालाई भ्रममा अल्झाउँदा तपाई जस्ता नेताको हातबाट कालापानी मात्र हैन महाकाली, टनकपुर पनि कब्जा गर्‍याे ।

आज खोक्रो राष्ट्रवादवादका ठूल्ठूला कुरा उठाउने नेताहरूले महाकाली सन्धी गर्दा यो चुच्चे नक्सा देखेनछन् ? तपाईले बनाएको “नेपालको संविधान २०७२ को धारा ४ (२) (क) अनुसार ‘नेपालको क्षेत्र यो संविधान प्रारम्भ हुँदाका बखतको हुनेछ“ भन्नुको अर्थ “०७२ को संविधानअनुसार कालापानीबारे जुन विवाद कायम थियो अब त्यो अन्त्य भयो । आज संविधान बन्दा जुन सिमानामा नेपाल छ त्यहि नै नेपालको वास्तविक सिमाना होभन्दाको बखत आज तपाईमा देखिएको चुच्चे नक्साको ज्ञानको पुन्ज कहाँ लुकेको थियो ?

सुरुङगे मास्टर साब अब भन्नुस्, कालापानी कसले बेच्यो ?

महेन्द्रले ?

वीरेन्द्रले ?

ज्ञानेन्द्रले ?

कि गणतन्त्रको संविधानले ?

अनि यो संविधान कसले बनाएको ?

राजाले,

जनताले ?

कि दलहरूले ?

अथवा विदेशीले तयार गरेर दिएको ?

राजाको पालामा सार्वजनिक गर्न नसकेको नक्सा कुन आँटले भारतले अहिले सार्वजनिक गर्‍याे ?

कसको पालामा पूरै रोड नै बन्न थाल्यो ? डोजर चलाउन थालेको १२ वर्ष भयो कालापानीमा । राजसंस्था हटेको कति वर्ष भयो ? गणतन्त्र आएको कति वर्ष भयो ?

इतिहासबाट हिसाब किताब खोजौँ दृश्य स्पस्ट देखिन्छ माष्टरजी ! इतिहास बोल्दैन तर, बदलिदैन पनि ।

माष्टरजी, अब त नेपाली जनताले कुनै दिन सुरुङगे माष्टरजीको थुतुनोबाट यस्तो सुन्दा पनि आश्चर्य मान्ने छैनन् कि “देश भारतलाई पृथ्वीनारायण शाहले एकीकरण गर्दा नै बुझाएका रहेछन्…..”

Published : Wednesday, 2020 June 17, 12:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया