लकडाउन खुलेसँगै काठमाडौंमा धमाधम भेटिन थाले संक्रमित, महिलामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन खुलेसँग कोरोना भाइरसका संक्रमितहरू धमाधम भेटिन थालेका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा थप १ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि सोमबार पनि काठमाडौंका ४ जनामा संक्रमण देखिएको थियो ।

मंगलबारमात्र ३ सय ८० जना कोरोनाका संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

Published : Tuesday, 2020 June 16, 5:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया