ललितपुर कांग्रेसले बुझायाे कम्युनिस्ट सरकारलाई ज्ञापनपत्र

लगनखेल । नेपाली कांग्रेस ललितपुरले कम्युनिस्ट सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाइएको हो ।

कम्युनिस्ट सरकारले कोरोना भाइरस नियन्त्रणमा लापरबाही गरेको, भ्रष्टाचारको छानविन, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राखेर ललितपुर कांग्रेसले प्रमुख जिल्ला अधिकारीमार्फत कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउन सभापति अमात्यका साथै पूर्वसांसद उदयशम्शेर राणा, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, गजेन्द्र महर्जन, कांग्रेस नेता ऋषिराम घिमिरे, तरुण नेता विनोद महर्जनसहितका एक सय नेता तथा कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

Published : Tuesday, 2020 June 16, 3:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया