माफियाहरूको घेराभित्र योगेश भट्टराई, ब्रम्हलुट रोक्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नेताहरूको नाममा प्रतिष्ठान बनाएर करोडौँ रुपियाँ ब्रम्हलुट गरेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा बोल्दै सांसद देवले नेताका नाममा खोलिएका प्रतिष्ठान, विकास समिति र पुरस्कारहरूमार्फत करोडौँ रुपियाँ कार्यकर्तालाई बाँड्ने काम भइरहेको बताए । उनले कोरोना महामारीको बेला यो फजुल खर्चलाई कटौती गर्न सरकारलाई सुझाव दिएका छन् ।

पर्यटनमन्त्री योगेश भट्टराईले पनि मन्त्रालयमा हुने फजुल खर्च कटौती गर्न नसकेको बताए । कार्यकर्तालाई वितरण गर्ने पैसा काटेर देखाउन कांग्रेसका सांसद देवले पर्यटनमन्त्री भट्टराईलाई चुनौती दिएका छन् ।

‘पर्यटन मन्त्रालयमा ब्रम्ह लुट हुने गरेको छ । विभिन्न व्यक्तिको नाममा संस्कृति महाशाखा छ । विभिन्न व्यक्तिको नाममा खडा गरिएको पुरस्कार कोषहरू छ । धामिर्कस्थल विकासको नाममा गठन गरिएका विकास समितिहरू छ । विभिन्न नेताहरूको नाममा खडा गरिएका प्रतिष्ठानहरू छ’, उनले भने, ‘यो तीन वटा शीर्षकमा ब्रम्ह लुट हुने गरेको छ ।’

‘पार्टी नेता र कार्यकर्ताहरूको भर्ती केन्द्र हुने गरेको छ । देशको सम्पत्तिलाई लुटाउने यो शीर्षकमा करोडौँ रुपियाँ रहेको छ । विनियोजन भएको छ’, उनले भनेका छन्, ‘सकिन्छ भने यो शीर्षकको पैसा प्रदेश र स्थानीय तहको सरकारलाई दिनुपर्छ । केन्द्रले यो शीर्षकबाट किन पैसा खर्च गर्ने ?’

‘करोडौँ रकम लुटाउने काम भइरहेको छ’, उनले भने, ‘प्रतिष्ठानको नाममा सरकारको पैसा लिएर पार्टीको विदेश विभाग र संगठन विभागको शाखा कार्यालय खुलेका छन् । प्रतिष्ठानलाई दिइएको भवनमा सत्तारुढ पार्टीको पार्टी कार्यालय राखिएको छ ।’

कांग्रेस सांसद देवले सत्तारुढ नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालय बसेको भवन पासाङ लाम्हु शेर्पा प्रतिष्ठानको हो । सरकारसँग सुविधा लिएर प्रतिष्ठानले नेकपालाई पार्टी कार्यालय राख्न दिएको छ ।

सांसद देवले पर्यटन मन्त्रालयमा पर्यटन माफियाहरूको जालोले घेरेर राखेको बताए । ‘एयर माफिया, हवाई माफिया, पर्यटन माफियाको जालोमा पर्यटन मन्त्रालयमा छ’, उनले भने, ‘त्यो जालोलाई तोड्नुपर्छ ।’

कांग्रेसका सांसद देवले तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको पर्यटन माफियाको जालोका कारण दुर्घटनामा परेर मृत्यु भएको बताए । सो घटनाको छानविन गर्न माग गरे ।
‘तत्कालीन पर्यटनमन्त्री त्यो जालेको शिकार पर्यटनमन्त्री रविन्द्र अधिकारी हुनुभएको छ’, उनले भने, ‘कुनै योजना थिएन चुहान डाँडाबाट फर्किने कुरा थियो । मन्त्रालयमा कुनै प्रोग्राम थिएन मन्त्री अधिकारी ताप्लेजुङ जाने । देवीको दर्शन गर्न जाने कुनै कार्यक्रम थिएन ।’

‘किन गए यति कुरा मात्रै पत्ता लगाउनुस् । चुहान डाँडाबाट फर्किने कुरा थियो । किन गयो ताप्लेजुङ ? कसले लग्यो को माफिया थियो ?’, उनले प्रश्न गर्दै भने, ‘गुपचुप गर्ने यस्ता कुराहरूलाई यो कुरालाई खोजबिन गरेर पत्ता लगाउनुस् ।’

Published : Tuesday, 2020 June 16, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया