कम्युनिस्टहरूको कब्जामा अन्नपूर्ण पोस्ट दैनिक, ओली सरकारको भजन गाउन शुरु

काठमाडौं । तत्कालीन नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिलाउन भूमिका खेलेका क्याप्टन रामेश्वर थापाले ‘अन्नपूर्ण पोस्ट दैनिक’लाई कम्युनिस्टहरूको अखडा बनाएका छन् ।

कांग्रेस निकट मानिने पत्रकार हरिबहादुर थापालाई सम्पादकबाट हटाएर क्याप्टन रामेश्वर थापाले अन्नपूर्ण पोस्ट दैनिकलाई ‘लालझण्डा’ ओढाएको चर्चा छ ।

सम्पादक हरिबहादुर थापाले ओली सरकारको विरोधमा धमाकेदार समाचारहरू सम्प्रेषण गरेपछि कम्याप्टन रामेश्वर थापालाई बालुवाटारबाट ठूलो दवाव आएको थियो ।

स्रोतका अनुसार ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापाको दवावमा क्याप्टन रामेश्वर थापाले सम्पादक हरिबहादुर थापालाई सम्पादकबाट हटाएका हुन् ।

अन्नपूर्ण पोस्टमा रहेका अधिकांश कांग्रेस निकटका पत्रकार र कर्मचारीहरूलाई लकडाउनका बेला जागिरबाट हटाइएको छ । बाँकी रहेका कांग्रेस निकटका पत्रकार र कर्मचारीहरूलाई पनि क्याप्टन रामेश्वर थापाले हटाउन विभिन्न बाहानाबाजी गरिरहेका छन् ।

क्याप्टन थापाले अन्नपूर्ण पोस्ट दैनिकको सम्पादकमा अखण्ड भण्डारीलाई सम्पादक बनाएका छन् । एमाले पृष्ठभूमि भएका भण्डारी प्रधानमन्त्री ओली निकटका मानिन्छन् । रिमाल र थापाकै दवावमा भण्डारीलाई सम्पादक बनाएको चर्चा छ ।

सम्पादकबाट हरिबहादुर थापाले छाडेर गएपछि र सम्पादकमा अखण्ड भण्डारी भित्रिएपछि अन्नपूर्ण पोस्ट दैनिकले ओली नेतृत्वको कम्युनिस्ट सरकारको भजन गाउन थालेको चर्चा हुन थालेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा पछिल्लो समय आइरहेका समाचारहरू कम्युनिस्ट सरकार समर्थकका छन् ।

सिम्रिक एयरका मालिक, जग्गा कारोबारदेखि थुप्रै क्षेत्रमा लगानी गरेका क्याप्टन रामेश्वर थापा र ओलीबीच अत्यन्तै निकटता रहेको छ ।

मार्सी चामलवाला मेडिकल सञ्चालक दुर्गा प्रसाइँले जस्तै क्याप्टन थापाले ओली र दाहाललाई मिलाउन ठूलो भूमिका खेलेका थिए । उनै थापाको घरमा पटक–पटक ओली र दाहालको गोप्य भेटवार्ता भएका थिए ।

त्यसपछि थापाकै सल्लाह र सुझावमा एमाले र माओवादीबीच प्रतिनधि सभाको निर्वाचनमा चुनावी तालमेलदेखि पार्टी एकीकरणसम्म पुगेको थियो ।

शुरुमा कान्तिपुर दैनिक अर्थात कान्तिपुर पब्लिकेशनमा लगानी गरेका क्याप्टन थापालाई कैलाश सिरोहियाले टिक्न नदिएपछि फुटेर अन्नपूर्ण पोस्ट दैनिक चलाएका थिए ।

Published : Monday, 2020 June 15, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया