कांग्रेस केन्द्रीय सदस्य बस्नेतद्वारा सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री प्रदान

निरोज चौलागाइँ

चौतारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

नेता बस्नेतले सोमबार स्वास्थ्य सामग्र र स्वास्थ्यकर्मीहरूको स्वास्थ्य बीमाको पत्र हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरसका संक्रमितको उपचार गर्न व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ), मेडिकल माक्स, स्यानिटाइजर अभाव भएपछि चौताराको सागाचोकगढी नगरपालिका र ईन्ण्द्रावती गाउँपालिकाको सबै स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीको लागि सो सामग्री सहयोग गरेका हुन् ।

नेता बस्नेतले स्वास्थ्य सामग्री वितरणका क्रममा आफूलाई स्थानीय प्रहरी प्रशासन र नेकपाका नेताहरूले दुःख दिएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव झलक नेपाल, क्षेत्रीय सचिव बासुदेव अधिकारी र चौतारा सागाचोकगढी नगरपालिकाका नगर सभापति यज्ञ दङ्गाललाई केन्द्रीय सदस्य बस्नेतले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

कांग्रेस नेता बस्नेतले कोरोना भाइरस रोकथामका लागि यसअघि सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ मा स्वास्थ्य सामग्री सहयोग गरिसकेका छन् ।

बस्नेतले केही दिनअघि जिल्लामा कार्यरत ६१३ स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक तथा महामारीको समयमा सामाजिक रुपमा काम गर्दै आएका नेपाली कांग्रेका केही व्यक्तिहरूको समेत एक वर्षको लागि कोरोना बीमा गरिदिएका हुन् ।

बस्नेतले राजनीति दलका नेतृत्वकर्ता र जिम्मेवार बहन गरेको स्थानीय तहका पार्टी प्रतिनिधि र जनप्रतिनिधिले समेत नागरिकलाई जोगाउन सबैले मिलेर सहयोग गर्नपर्ने बताएका छन् ।

आगामी दिनमा आफूले सकेको सबै क्षेत्रमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायतलाई सहयोग गर्ने बस्नेतले बताएका छन् ।

सरकारले लकडाउन गरे लगत्तै जिल्ला रहेका केही मजदुर गरेर दैनिक गुजारा गर्न समस्या भएकाहरूलाई खाद्यान्न समेत सहयोग गरेका थिए ।

Published : Monday, 2020 June 15, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया