तरुण नेताको प्रश्न, ‘देशद्रोही हर्कत गर्ने सरिता गिरीलाई देश निकाला किन नगर्ने ?

काठमाडौं । नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर २ का सदस्य दीपेन्द्र पोखरेलले सांसद सरिता गिरी जस्तो सांसद देशका लागि दुर्भाग्यपूर्ण साबित भएको बताएका छन् ।

तरुण नेता पोखरेलले गिरीले आफ्नो जिम्मेवारी र नेपालप्रतिको सबै कुरा भुलेको बताएका हुन् । उनले राष्ट्रघाती कार्य गर्ने सांसद गिरीलाई कारबाही गर्न माग गरे ।

‘खाना नेपालको खाने, बिल भारतलाई तिर्ने प्रवृत्ति राम्रो होइन’, उनले भने, ‘सांसद सरिता गिरीलाई कारबाही गर्नुपर्छ ।’

‘हाम्रो पुर्खाले बलिदान दिएर संरक्षण गरेको भूमि नेपालको होइन भन्ने भारतीय चेली सरिता गिरीलाई नेपालमा बस्ने कुनै अधिकार छैन’, उनले भनेका छन् । उनले गिरीलाई देशद्रोहीको मुद्धा लगाएर देश निकाला गर्नुपर्ने माग गरेका छन् ।

‘सवाल सरिता गिरीले बोलेको कुरा मात्र नभएर उनको सबै हर्कत संविधान विपरितका छन्’, तरुण नेता पोखरेलले भने, ‘देश, जनता र संविधानको खिलाफ जाने अधिकार गिरीलाई छैन ।’

‘इतिहासको पानाहरूमा नेपाली कांग्रेसले आफ्नो देशको भूमिप्रति रक्षाका लागि सदैव लागेको छ’, उनले भने, ‘कांग्रेस नेतृत्वको सरकारले चीन र भारतलाई यसअघि नै लिपुलेकबारे प्रोटेष्ट नोट पठाइसकेको छ ।’

Published : Saturday, 2020 June 13, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया