यी हुन् संविधान संशोधनमा अनुपस्थित हुने सांसदहरू

काठमाडौं । नयाँ नक्सा निशान छापमा राख्न गरिएको संविधान संशोधनको प्रस्ताव मतदान गर्न १२ जना सांसदहरू अनुपस्थित भएका छन् ।

चार जना सांसदहरू निलम्बित भएका कारण उनीहरू भने अनुपस्थित भएका हुन् । जम्मा १६ जना सांसदहरू शनिबारको संसद बैठकमा अनुपस्थित भएका थिए ।

संसद बैठकमा अनुपस्थित हुनेमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)की सांसद अमृतादेवी अग्रहरी पनि रहेकी छिन् । अग्रहरीले सरिता गिरीलाई साथ दिएर यसअघि संसदमा जथाभावी बोलेकी थिइन् ।

अनुपस्थित हुनेमा सांसदहरू गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद साह, शिवकुमार मण्डल, सरिता गिरी, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल र ज्ञानकुमारी छन्त्याल रहेका छन् ।

निलम्बित सांसदहरू विजयकुमार गच्छदार, मोहम्मद आफताव आलम, हरिनारायण रौनियार र रेशम चौधरीले मतदान गर्न पाएनन् ।

Published : Saturday, 2020 June 13, 6:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया