नयाँ नक्साको विरोध गर्दै आएकी सरिता गिरीको यस्तो छ चाल

काठमाडौं । भारतको समर्थन र नेपालको नयाँ नक्साको विरोध गर्दै आएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले आफ्नो भनाइलाई संसदमा रेकर्ड गराउने गोप्य योजनामा लागेकी छिन् ।

शनिबार काठमाडौंमा बसेको समाजवादी पार्टीको संसदीय दलको बैठकले गिरीलाई संविधान संशोधन खारेज गर्न भनेर दर्ता गराएको प्रस्ताव फिर्ता लिन दिर्नेशन दिएको थियो ।

जवाफमा गिरीले आफ्नो निर्णय संसदको बैठकमा सुनाउनेभन्दै बाहिरिएकी छिन् ।

समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गर्दै आफ्ना सांसदहरूलाई ह्वीप नै जारी गरेको छ ।

भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेर जारी गरिएको नेपालको नयाँ नक्साको विरोध गर्दै आएकी गिरीले संसदमा आफ्नो भनाइलाई रेकर्ड गराउने तयारी गरेकी छिन् ।

भारतीय चेली गिरीले लिम्पियाधुरा, कालापानी र लिम्पियाधुरा नेपालको होइन भारतको हो भन्ने कुरा संसदमा दर्ज गराएर इतिहास रच्ने योजनामा रहेकी छिन् ।

उनको यो षड्यन्त्रलाई सबैले बुझेका छन् । गिरीको यो षड्यन्त्रलाई संसदभित्र प्रवेश गर्न दिन नहुने सांसदहरूले माग गरेका छन् ।

Published : Saturday, 2020 June 13, 1:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया