कम्युनिस्ट सरकार कोरोना रोकथाममा असफल भएपछि कांग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौं । कम्युनिस्ट सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, उपचार र राहतमा हेलचेक्र्याइ गरेका कारण जनताको धमाधम ज्यान थालेपछि सो विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको जानकारी दिएका छन् । बैठकमा कोरोना भाइरसको संक्रमण र कम्युनिस्ट सरकारको हेलचेक्र्याइका बारेमा छलफल हुनेछ ।

बैठक जेठ २६ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले जनाएका छन् ।

कम्युनिस्ट सरकारले कोरोना रोकथाम, उपचार र क्वारिन्टिनको व्यवस्थापनमा लापरबाही गरेका कारण व्यक्तिहरूको ज्यान जान थालेपछि चिन्तित बनेको कांग्रेसले केन्द्रीय कार्यसमितिबाट सरकारलाई दवाव दिन गम्भीर निर्णय गर्ने तयारी गरेको छ ।

सरकारले कोरोना रोकथाममा अत्यन्तै लापरबाही गरेको तथा लकडाउनबाट समस्यामा परेकालाई राहत नदिएको भनेर दैनिक रुपमा गुनासाहरू बढिरहेका बेला कांग्रेसले बैठक बोलाएको छ ।

Published : Sunday, 2020 June 7, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया