राप्ती प्राविधिक शिक्षलय माैरिघाटमा कोरोनाका बिरामीको उपचार हुने

तीर्थराज ज्ञवाली

मसुरिया । दाङको राप्ती गाउँपालिकास्थित राप्ती प्राविधिक शिक्षालयमा कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट स्थापना हुने भएको छ ।

शुक्रवार सरोकारवालाहरूको राप्ती गाउँपालिकाको कार्यालयमा बसेको बैठकले १ सय बेडसहितको कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट स्थापना गर्ने निर्णय गरेको हो ।

दाङमा कोरोना संक्रमण बढ्दै जान थालेपछि संक्रमित बिरामीलाई राख्ने स्थानको अभाव भएको थियो ।

तत्काल ठूला अस्पतालमा बिरामी लैजान सहज होस् भनि राप्ती गाउँपालिकाको वडा नम्बर ४ स्थित राप्ती प्राविधिक शिक्षालयमा १ सय वेडको आइसुलेशन कक्ष स्थापनाको कार्य शुरु गरिएको छ ।

देउखुरी क्षेत्रका प्रदेश सांसद तथा ४ वटा गाउँपालिका र नगरपालिकाका प्रमुख तथा अध्यक्षहरूको सहभागिता रहेको बैठकले कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाटको ब्यवस्थापन तथा सञ्चालन गर्ने निर्णय भएको छ ।

कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाटका लागि आर्थिक रकम, प्राविधिक पक्ष, मानवीय पक्ष तथा सुरक्षागत कुराहरूमा सबैको सहभागिता समेत निर्धारण गरि जेठ २७ गतेसम्म पूर्ण रुपले आईसुलेसन केन्द्र स्थापना गरिने राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

नेपाली सेनाको सुरक्षा र व्यवस्थापन रहनेछ । २ जना फिजिसियन चिकित्सक राखिनेछ ।

४ वटा नगरपालिका र गाउँपालिकाका बाट ८ जना चिकित्सक, ८ जना नर्स, ४ जना ल्याव टेक्नीसीयन र ८ जना कार्यालय सहयोगीसहितको प्रारम्भिक ब्यवस्थापनमा कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट बनाइनेछ ।

Published : Friday, 2020 June 5, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया