भारतद्वारा राष्ट्रसंघको सुरक्षा परिषदमा उम्मेदवारी घोषणा

नयाँदिल्ली । भारतीय विदेशमन्त्री एस.जयशंकरले संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतको क्याम्पेन शुरु गरेका छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषदको पाँच अस्थाई सीटका लागि यसै महिनामा चुनाव हुन लागेको छ । सोही चुनावका लागि भारतले उम्मेदवारी दिएको छ ।

विदेशमन्त्री जयशंकरले एक पुस्तिका पनि लञ्च गरेका छन् । जसमा भारतको प्राथमिकताहरू राखिएका छन् ।

उनले भारतले आफ्नो एजेण्डामा समानता, संवाद, सहयोग, शान्ति र समृद्धिलाई राखेको जनाएका छन् ।

Published : Friday, 2020 June 5, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया