जलजलामा वीपीको समाजवाद, कांग्रेस नेतृ सीमाकाे प्रशंसनीय काम

पवर्त । वीपी कोइरालाले प्रतिपादन गरेको समाजवादको मूल मन्त्र हो, गरिब जनताको चुल्होमा आगो बलोस र हलो जोत्ने किसानवर्गको हातमा शासनसत्ता पुगोस् ।

सबै गरिब जनताको चुल्होमा आगो बलोस भन्ने सिद्धान्तलाई व्यबहारमा उतार्न खोज्दैछिन्, पर्वत जिल्ला जलजला गाउँपालिकाकी उपाध्यक्ष सीमा गर्वुजा पुनले । पर्वतको दर्गम गाउँ शालिजामा जन्मेकि सीमा बुवाआमा लक्ष्मण पुन र लीला पुन, काका तुलबहादुर पुन तथा मामा घरका बाजेको प्रेरणाबाट समाजसेवा र राजनीतिमा लागिन् ।

त्यसो त, उनको मामा घरका बाजे पर्शुराम चोचांगी नेपाली कांग्रेसको सिद्धान्तलाई आत्मसात् गर्दै २००७ सालको क्रान्तिमा होमिएका थिए । उनका बुबा नेपाली कांग्रेसको तर्फबाट शालिजामा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

२०४६ सालको जनआन्दोलनका बेला उनी जन्मेको घरमा नेता, कार्यकर्ताहरूको जमघट हुने गथ्र्यो । यी घटनाहरूले राजनीतिमा आउन उनलाई प्रेरणा दियो । नेविसंघ, नेपाल तरूणदल, नेपाल महिला संघ, नेपाल राष्ट्रिय मगर संघ हुँदै उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेकी हुन् ।

कोरना भाइसको महामारीको बेला हाल उनी आफ्नो गाउँपालिकाको दैनिक जीविकोपार्जनमा समस्या परेका जनतालाई राहात बाँड्न तल्लिन छिन् । आफ्नै व्यक्तिगत पहल र गाउपालिकाको तर्फबाट उनी दिनहुँ जसो राहत बाड्ने गरेकी छिन् ।

उनको पहलबाट जलजलाका मल्लाज, जलजला, नाङलिभाङ, लस्ती, बनौ, लेसफाट, वारीबेनीलाई तरकारीको पकेटक्षेत्र बनाइएको छ ।

कृषि, पर्यटन, होम स्टे तथा आधारभूत स्वास्थ्य शिक्षा विकासको लागि संघीय र प्रदेश सरकारसँग समन्वय गरी जलजला गाउँपालिकालाई विकसित र आत्मनिर्भर गाउँपालिका बनाउँन लागेकी छन् । त्यस गाउँमा पानीको निकै अभाव थियो ।

सिँचाइको सुविधा भए तरकारी खेतीबाट गाउँलेको जीवनस्तर सुधार गर्न सकिन्छ सोँच बनाइ उनले आफ्नै अध्यक्षतामा २०६५ सालमा दीपथोपा सिँचाइ योजना उपभोक्ता समिति गठन गरिन र उनले सिँचाइका योजना बनाइन् । उक्त योजनाले २०६६ सालदेखि सुविधा दिन शुरु गर्‍यो । २०७१ मा सो योजनालाई विस्तार गरी सिगों शालिजाको दीप गाउँलाई नै पानीको सुविधा दिइन् ।

हाल उनको गाउँपालिकाको धेरैजसो गाउँमा घरघरमा पानी पुगेको छ । गाउँमा उत्पादित तरकारी कुश्मा, पोखरा, काठमाडौं पठाउने गरिएको छ । यसबाट किसानहरूले वार्षिक ३–४करोडसम्म कमाउने गरेका छन् । यातायातको पहुँच नभएको गाउँमा यातायात सुविधा पु¥याउन उनले अठोट गरिन् ।

उनको पहलमा हाल मिलनचौक दीपजलजला हुँदै म्याग्दीको नांगीसम्म कच्ची सडक निर्माण गरिएको छ । सडकलाई यथाशीघ्र कालोपत्रे गरिने लक्ष्य रहेको छ । सीमाको गाउँपालिकामा शिक्षा, स्वास्थ्य, विद्युत र खेलकुद क्षेत्रको विकासमा पनि उनको भरपुर पहल भइरहेको छ ।

चुनाव जितेको पहिलो वर्ष उपाध्यक्ष्य पुनले दुई लाख रुपियाँ बराबरको फर्निचर खरिद गरेर समाज कल्याण प्राविलाई दिएकी छिन् । हाल उनले सो गाँउमा स्वास्थ्य चौकीको स्थापना गर्न पहल गर्दैछिन् । गाउँमा उत्पादित भएका कृषि उत्पादनलाई बिक्रीका लागि बजारसम्म पुर्‍याउन पनि उनले पहल गर्दै आएकी छिन् ।

आफ्नो गाउँपालिकाका जनतासँग उनले अलिकति पनि राजनीतिक पूर्वाग्रह राख्ने गर्दिनन् । समस्या पर्‍यो भने आग्रह पूर्वाग्रह नभनी सबैलाई सहयोग गर्ने गर्छिन् । उनको यस्तो व्यबहारबाट अरु जन प्रतिनिधिहरूले पनि सिक्ने कि ।

Published : Friday, 2020 June 5, 1:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया