सभापति देउवाद्वारा पर्शुराम नगरपालिकालाई खाद्यान्न सहयोग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको पर्शुराम नगरपालिकालाई ८० कट्टा बोरा चामलसहित खाद्यान्न उपलब्ध गराएका छन् ।

सभापति देउवाले शुक्रबार नगरपालिकाले स्थापना गरेको क्वारेन्टिन र अति विपन्न नागरिकहरूलाई राहत वितरण गर्न खाद्यान्न उपलब्ध गराएका हुन् ।

सभापति देउवाको तर्फबाट नेपाली कांग्रेस पर्शुराम नगर कार्यसमिति जोगबुडामार्फत नगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ ।

सोना मन्सुली चामल ८० कट्टा (२० क्वीन्टल), दाल १ क्वीन्टल, नुन २३ किलो, खाने तेल ५० लिटर, चिनी ५० किलो, चियापत्ती ५ किलो र चना ६ कट्टा उपलब्ध गराइएको छ ।

Published : Friday, 2020 June 5, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया