सुर्खेतमा मृत्यु भएका युवकको रिपोर्टमा कोरोना पोजेटिभ

वीरेन्द्रनगर । सुर्खेत जिल्लामा बुधबार राति मृत्यु भएका २० वर्षका युवकको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ ।

पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका ती युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए । उनको घर फर्किएकै राति मृत्यु भएको थियो ।

उनी भारतबाट आएका थिए । विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेर घर गएका थिए ।

१४ दिन क्वारेन्टिनमा बसेका उनको ¥यापिड डाईग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।

बिहीबार उनको स्वाब संकलन गरी सुर्खेतको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.डम्बर खड्काले जानकारी दिएका छन् ।

Published : Friday, 2020 June 5, 7:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया